पूर्व जापानी प्रधानमन्त्रीलाई मार्न खोज्ने पुरुषलाई १० वर्ष जेल

टोकियो । जापानमा पूर्वप्रधानमन्त्री फुमिओ किशिदालाई मार्ने प्रयास गर्ने एक पुरुषलाई १० वर्षको जेल सजाय सुनाइएको छ । २५ वर्षका रयुजी किमुराले किशिदामाथि एउटा पाइप बम फ्याकेका थिए । वाकायामा शहरमा चुनावी कार्यक्रममा भाषण दिने क्रममा भिडमाझ जाँदै गरेको समयमा किशिदामाथि बम उनले फ्याकेका थिए । यस घटनामा उनलाई कुनै क्षति भएन ।
तर यसका कारण एक जना प्रहरी अधिकारी र भीड रहेका अर्का एक जना घाइते भएका थिए । उक्त बम घरमा बनाइएको थियो । चुनावी अभियानकै क्रममा पूर्व प्रधानमन्त्री सिञ्जो आबेलाई गोली हानेर हत्या गरिएको एक वर्षभन्दा कम समयमा यो घटना हुँदा जापानीहरू त्रस्त बनेका थिए ।
बुधबार किमुरालाई उक्त सजाय सुनाइएको हो । आफ्नो उद्देश्य किशिदालाई मार्नु नभएको उनको किमुराको दाबी थियो । आफ्नो ध्येय २०२२ मा आफूले दर्ता गरेको देवयानी मुद्दामा ध्यान खिच्नु भएको उनले बताएका थिए । उनले दायर गरेको मुद्दा आरेज गरिएको थियो ।
किमुराले हानेको बमले कसैलाई घाउ चोट गराउँछ भन्ने उनले सोच्दै नसोचेकोले उनीमाथि हत्या गर्ने प्रयास गरेको अभियोग चलाउनु नहुनु उनका वकिलको दलिल थियो । उनले बनाएको विष्फोटक पदार्थ कसैको मृत्यु गराउने सक्ने गरी शक्तिशाली भएको अदालतले बताएको थियो ।
देशको विष्फोटक नियमन तथा हतियार नियन्त्रण कानून उल्लंघनको मामिलामा पनि किमुरा दोषी ठहर भएका छन् । उनलाई दिइएको १० वर्षको जेल सजाय अभियोजकहरूले चाहेको भन्दा ५ वर्ष कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
-
पृथ्वीराजमार्गको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
-
ट्रम्पलाई बालेनको जवाफ– हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद
-
तेलअभिभमा वेष्ट बैंक कब्जाको प्रयास, तीन वटा बसमा बम विष्फोट
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी चार प्रदेशमा वर्षाको सम्भावना