अस्ट्रेलियाको नदी किनारमा १५० भन्दा धेरै ह्वेलको बिचल्ली

सिड्नी । अस्ट्रेलियाको सुदूर नदी किनारमा १५० भन्दा भन्दा ह्वेल अलपत्र परेका छन् । ६० भन्दा धेरै फल्स किलर ह्वेलको मृत्यु भइसकेको छ । अधिकारीहरू अरू दर्जनौँ ह्वेललाई बचाउने कोसिसमा छन् ।
तास्मानियाको प्राकृतिक संसाधन तथा वातावरण विभागले बताएअनुसार आर्थर नदीको किनारमा १५७ वटा ह्वेल छन् । यीमध्ये ९० करिब ९० वटा ह्वेल जीवितै भएको बताइएको छ । यी ह्वेललाई समुद्रमा पठाउन सकिन्छ कि सकिँदैन भनेर संरक्षणविद् र पशु डाक्टरहरूले खोजबिन गरिरहेका छन् । तास्मानियामा हालैका वर्षमा ह्वेलहरू अलपत्र पर्ने घटना बढेका छन् ।
२०२० मा पनि यस्तै घटना भएको थिए । तर ५० वर्षयता यहाँ फल्स किलर ह्वेल भने अलपत्र परेको देखिएको थिएन । फल्स किलर ह्वेल सबैभन्दा ठुला प्रजातिका डल्फिनमध्ये एक हुन् । यिनीहरू ६ मिटरभन्दा लामो हुन्छन् । ह्वेलहरू त्यहाँ २४ देखि ४८ घण्टादेखि अलपत्र रहेको बताइएको छ ।
ह्वेल किन अलपत्र पर्छन् भन्नेमा कयौँ सिद्धान्त पाइन्छ । कहिलेकाहीँ माछाको सिकार गर्ने क्रममा उनीहरू भड्किएर तटमा आइपुग्ने केही विज्ञ भन्छन् । अरूले भने कुनै मान्छेले झुक्किएर ह्वेलको सारा समूहलाई तटमा ल्याएको हुनसक्ने ठान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक