इजरायललाई ६ जना बन्दी र ४ शव फिर्ता गर्दै हमास

तेल अभिभ । हमासले इजरायललाई चार जनाको बन्धकको शव हस्तान्तरण गर्न लागेको छ । हमासका एक शीर्ष अधिकारीले चार इजरायली बन्धकहरूको शव बिहीबार फिर्ता गरिने बताएका हुन् । समूहले छ जना जीवित इजरायली बन्धकहरूलाई शनिबार रिहा गर्ने बताइएको छ । इजरायलले गाजा पट्टीमा भग्नावशेष हटाउने उपकरणहरू लैजान अनुमति दिएपछि बन्धकहरूको रिहाइ नाटकीय रूपमा अगाडि बढेको हो ।
शव हस्तान्तरण गरिने मृतकहरूमा बिबास परिवारका सदस्य पनि भएको हमासका नेता खलील अल–हय्याले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन् । २०२३ को अक्टोबर ७ मा भएको आक्रमणमा हमासले बन्धक बनाएर लगेकाहरूमा सो परिवारको महिला शिरी र उनको दुई सन्तान कफिर र एरियल पनि थिए । त्यतिबेला यी दुईको उमेर क्रमशः ९ महिना र ४ वर्षको थियो ।
इजरायलले गरेको बमबारीमा यी तीन जनाको मृत्यु भएको हमासले बताएको छ । इजरायलले भने यसको पुष्टि गरेको छैन । यी बच्चाहरूको पिता यार्देनलाई भने हमासले यो महिनाको सुरुमा रिहा गरेको थियो ।
हमासले यस अघि शनिबार तीन जना जिउँदा बन्दीलाई मात्रै रिहा गर्ने बताएको थियो । तर अब भने यसको दोब्बर पारिएको छ । बन्धक तथा हराएको परिवार मञ्चले मंगलबार बताएअनुसार रिहा गरिने छ जना जीवित बन्धकमा एलिया कोहेन, ताल शोहम, ओमर शेम तोभ, ओमर वेन्कर्ट, हिशाम अल–सयद र अवेरा मेंगिस्टु रहेका छन् ।
यसको बदलामा इजरायलले भने गएको अक्टोबरयता पक्राउ गरेको सबै महिला र १९ वर्षभन्दा कम उमेरका पुरुषहरू सबैलाई रिहा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीले विन्दालाई भने - चिठी नै नभए के को कारवाही ?
-
पटक–पटक म्याद थप र हर्जानाः जेठभित्र 'सञ्चालनमा आउँदै' ग्वार्को ओभरपास
-
सशस्त्रका एआईजी सीपी गौतम सेवा निवृत्त
-
एमालेभित्र विवादः विनोद ढकाललाई पर्शुराम बस्नेतले 'अवैधानिक' भनेपछि...
-
शिक्षक आन्दोलन असर : केन्द्राध्यक्ष गोष्ठी रोक्न राष्ट्रिय परीक्षा बोर्डले पठायो पत्र
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर