शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

‘वर्णन’ मा शान्तकुमार र विमलाको अभिनय

बुधबार, ०७ फागुन २०८१, १२ : ४८
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । रंगकर्मी शान्तकुमार राई अभिनीत ‘वर्णन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राईलाई भिडियो अभिनयमा मोडल विमला खाजुम लिम्बुले साथ दिएकी छन् ।  

सुजन आङ्देम्बे लिम्बुको शब्द, सङ्गीत तथा स्वर रहेको गीतको भिडियोमा मायालु जोडीका प्रेम, रोमान्सका कथालाई प्रस्तुत गरिएको छ । भिडियो मकवानपुरको कुलेखानी, चित्लाङ लगायत विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।

इशाक जबेगुको छायाङ्कन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । ओखलढुङ्गा वाक्साका राई हाल बेलायतमा बस्दै आएका छन् । बेलायतमा रहेर पनि आफ्नो कलाकारितालाई निरन्तरता दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप