रोल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु
बुधबार, ०७ फागुन २०८१, १२ : ३४

बुटवल । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका–४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्तीगाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीका अनुसार दुर्घटनामा टिपर चालक निजगढ५, बारा निवासी ३६ वर्षीय जिते कुमारको मृत्यु भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
-
ट्रम्पले लगाएको रेसिप्रोकल ट्यारिफः सुरुवात मात्र हो !
-
ट्रम्प प्रशासनले फिर्ता लियो यूएनको खाद्य कार्यक्रमको फन्डिङ कटौतीको निर्णय
-
युनुसलाई बङ्गलादेश चलाउने कुनै संवैधानिक अधिकार छैनः हसिना
-
तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्याएको क्षति
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो