शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेन्सरमा रोकिएको हो ‘ताण्डवम्’ ?

बुधबार, ०७ फागुन २०८१, १२ : २८
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । फिल्म ‘ताण्डवम्’ सेन्सरमा रोकिएको छ । फिल्म भित्र अत्यधिक हिंसात्मक दृश्य भएको भन्दै फिल्मलाई सेन्सर रोकेको हो ।

फिल्म जुनिम गहतराजले निर्देशन गरेका हुन् । फिल्मको मंगलबार सेन्सर भएको थियो । सेन्सरमा फिल्म हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्यधिक हिंसात्मक दृश्य काटेर ल्याउन भनेको निर्देशक गहतराजले जानकारी दिए । ‘केही दृश्यहरू अत्यधिक हिंसात्मक भयो भन्दै फिल्म सेन्सरमा रोकिएको छ’, निर्देशक गहतराजले भने ‘अब, ती दृश्यहरू काँटेपछि फिल्मको जुन मर्म छ त्यो मर्छ ।’ दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिन सेन्सर गरेका आग्रह समेत अस्वीकार भएको उनले सुनाए ।

फिल्म सेन्सरमा नरोकिएको चलचित्र सेन्सर बोर्डका सदस्य भूपेन्द्र कुमार खड्काले बताए । ‘फिल्ममा रहेको केही नकारात्मक प्रभाव पार्ने हिंसात्मक दृश्य हटाएर ल्याउन बोर्डले आग्रह गरेको हो’, खड्काले भने ‘फिल्ममा समाजमा  नकारात्मक प्रभाव पार्ने खालका महिला माथि हिंसात्मक दृश्य छ ।’

शुक्रबारदेखि रिलिजमा आउने फिल्म सेन्सरमा रोकिएपछि रिलिज के हुने हो भन्ने अहिले अन्योल छ ।

फिल्ममा निर्देशक जुनिम सहित सरिना मगर, अंकित खड्का लगायतका कलाकारहरूको अभिनय छ । फिल्म बदलाको कथामा बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप