पोखरा बेलुन विस्फोट
बेलुनमा हाइड्रोजन भर्ने भारतीयसँग अनुमति थियो कि थिएन भन्दै अनुसन्धान
बुधबार, ०७ फागुन २०८१, १२ : २७

काठमाडौँ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा प्रयोग गरिएको बेलुनमा ग्याँस भर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेलुनमा हाइड्रोजन ग्याँस भर्ने ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले रातोपाटीलाई बताए ।
वडा प्रहरी कार्यालय बैदामले कमलेसलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । फागुन ३ मा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न लाग्दा विस्फोट भएर अर्थमन्त्री विष्णु पौडेल र पोखरामा मेयर धनराज आचार्य घाइते भएका थिए । ग्याँस भर्ने भारतीयसँग त्यसबारे अनुमति लिएको वा नलिएको भनेर अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् ।
लापरबाहीपूर्वक कार्यक्रम आयोजना गरिएको बारेमा छानबिन समितिले बयान लिइरहेको छ । कास्कीका प्रजिअ भरतमणि पाण्डेको नेतृत्वमा गठित समितिले त्यसबारे छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
जीविकोपार्जनका लागि सिंगो गाउँ रित्याएर भारत छिर्यो वादी र कुमाल समुदाय
-
अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?
-
युरोपा लिगको अन्तिम १६ मा पुग्ने सबै आठ टोलीको टुंगो, रियाल सोसिडाडको शानदार प्रदर्शन
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा