शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

ट्रम्पको प्रश्न : भारतसँग टन्नै पैसा छ उसलाई किन दिने ?

बुधबार, ०७ फागुन २०८१, १२ : २४
बुधबार, ०७ फागुन २०८१

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता विदेश सहायतामा व्यापक कटौती गरेका छन् । ट्रम्पले नेपाल, भारत, बंगलादेश लगायत विश्वका अधिकांश देशलाई दिँदै आएको सहायता रोकेका छन् ।

यसैबिच केही दिन अघिमात्रै प्रशासनलाई प्रभावकारी बनाउने जिम्मा दिएर खोलिएको नयाँ विभाग डजले भारतमा मतदानलाई बढावा दिन दिइँदै आएको २ करोड १० लाख डलर रोक्का गर्ने निर्णय गरेको थियो । 

यसै सन्दर्भमा ट्रम्पले प्रतिक्रिया दिएका छन् । ‘हामीले भारतलाई किन २ करोड १० लाख डलर दिइरहेका छौं ? उनीहरूसँग टन्नै पैसा छ । भारत विश्वमा सबैभन्दा बढी कर लगाउने देशहरू मध्ये एक हो । हामी मुस्किलले त्यहाँ पुग्न सक्छौं किनभने उनीहरूको शुल्क धेरै उच्च छ’ ट्रम्पले भनेका छन् । 

आफूले भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धेरै सम्मान गर्ने र दुई दिनअघि मात्र उनी अमेरिका आएर गएको पनि उनले बताए । तर, मतदानमा मतदाताको संख्या बढाउनका लागि मात्रै उमाथि २ करोड १० लाख डलर किन खर्च गर्ने ? भन्दै उल्टै ट्रम्पले प्रश्न सोधेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप