नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ प्रदर्शनी (तस्बिरहरू)
_z18MUGauhZ.jpg)
काठमाडौँ । नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ । १४ महिला कलाकारका सामूहिक कला प्रदर्शनी १४ फेब्रुअरी (भ्यालेन्टाइन डे) देखि सुरु भएको हो ।
२८ फेब्रुअरीसम्म चल्नेछ प्रदर्शनीमा महिला कलाकारका सिर्जनामा मिथिला, आधुनिक, मूर्त र अमूर्त भावका चित्रहरू समावेश छन् भने उक्त चित्रहरू अंकित टिसर्ट पनि प्रदर्शनीमा राखिएका छन् ।
महिलाले आफ्नो थुप्रै पहिचान र परिचयका साथ सिर्जनाको माध्यमबाट गर्ने अनुभूति, खुसी, गौरवका लागि चित्रकलाको प्रदर्शनीको आयोजना गरिएको हो ।
प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय, सविता डंगोल, एरिना ताम्राकार, विधाता केसी, सुशीला सिंह, महिमा सिंह, कृषा ताम्राकार, प्रमिला बज्राचार्य, रजनी सिंख्खवाल, रञ्जु यादव, संगी श्रेष्ठलगायतका चित्रले नेपालको सबै क्षेत्रका लोक र मौलिक चित्र बनाउने शैली र विविधतालाई झल्काउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
-
स्ववियु निर्वाचनको बेला त्रिवि केन्द्रीय क्याम्पसमा गरिएको फोहोर विद्यार्थीहरूले गरे सफा
-
बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने
-
सभामुखलाई भेटेर रवि लामिछानेद्वारा सांसद पद निलम्बन फुकुवा गर्न आग्रह
-
प्रकाशिएको वसन्त
-
पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए दीपक बोहरा