अवैध आप्रवासीलाई कसरी फिर्ता पठाउँछ अमेरिकाले ? ह्वाइट हाउसले जारी गर्यो भिडियो
बुधबार, ०७ फागुन २०८१, ११ : २२

वासिङ्टन । अमेरिकाले अवैध आप्रवासीलाई उनीहरूकै मुलुकमा फिर्ता पठाउने अभियानलाई तीव्रता दिएको छ । कतिपय मुलुकले अवैध आप्रवासीलाई ठुलो अपराधीसरह व्यवहार गरी हतकडी तथा नेल लगाएर पठाउने गरेको भन्दै अमेरिकाको आलोचना गरेका छन् ।
यसैबिच अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले अवैध आप्रवासीलाई पठाउन तयार गरिरहेको अवस्थालाई भिडियोमा कैद गरी सार्वजनिक गरेको छ । ‘ह्वाइट हाउस’ले आफ्नो ‘एक्स’ ह्यान्डलबाट उक्त भिडियो सार्वजनिक गरेको हो । ४१ सेकेन्डको उक्त भिडियोमा डिपोर्ट गर्न लागिएका एक अवैध आप्रवासीलाई तयार गरिरहेको दृश्य कैद गरिएको छ । ती आप्रवासीको अनुहार भने देखाइएको छैन ।
ASMR: Illegal Alien Deportation Flight 🔊 pic.twitter.com/O6L1iYt9b4
— The White House (@WhiteHouse) February 18, 2025
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ
-
बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक