नेपाल एसबिआई बैंक शैक्षिक सामाग्री वितरण

नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको एक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ।
विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि बैंकले स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।
बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलाई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत श्री राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख