शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो

बुधबार, ०७ फागुन २०८१, १० : ५९
बुधबार, ०७ फागुन २०८१

एजेन्सी । गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ । जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ । तथ्याङ्क विभाग मलेसियाले जीवित जन्म संख्यामा आएको कमीसँगै जनसंख्या वृद्धि दरमा पनि गिरावट आएको छ ।

कुल जनसंख्यामा ३०.८ मिलियन (९०.१) प्रतिशत) नागरिक र ३४ मिलियन (९.९ प्रतिशत) गैर–नागरिकहरू छन् । पुरुष जनसंख्या २०२३ को चौथो त्रैमासिकमा १७.७ मिलियनबाट बढेर १८ मिलियन पुगेको छ । जबकि महिलाहरूको जनसंख्या १६ मिलियनबाट बढेर १६.२ मिलियन पुगेको छ । चौथो त्रैमासिकमा जातीय मलेसियालीहरू जनसंख्याको ५८.१ प्रतिशत थिए । 

जुन एक वर्ष अघिको ५८ प्रतिशतबाट थोरै बढेको थियो । सोही अवधिमा भारतीयहरूको संख्या ६.६ प्रतिशतबाट घटेर ६.५ प्रतिशतमा झरेको छ भने चिनियाँहरूको संख्या २२.४ प्रतिशतमा अपरिवर्तित रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप