दाङ दुर्घटना अपडेट : घाइते तीन जनालाई थप उपचारको लागि नेपालगन्ज लगियो
बुधबार, ०७ फागुन २०८१, ०९ : ३४

बुटवल । दाङमा बस दुर्घटनामा परेर घाइते भएका तीन जनालाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । बाँकी १० जना सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङको बबई गाउँपालिका–२ तल्लो ट्वाङ्खोलाको घुम्तीमा गएराति दुर्घटना भएको थियो । कर्णाली प्रदेश ०२–००१ ख –०७०१ नम्बरको बस दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेको प्रहरी टोलीले घाईतेको उद्धार गरेको खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए । उनले कच्ची सडक भएकाले बसले नियन्त्रण गुमाउन पुग्दा दुर्घटना भएको देखिएको बताए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि तीन जनालाई रिफर गरिएको र बाँकी डिस्चार्ज भएको प्रहरीले जनाएको छ । बसमा ५५ जना यात्रु सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु