छविसँग डिभोर्सपछि सन्न्यासी बनिन् शिल्पा
बुधबार, ०७ फागुन २०८१, ०९ : २५

काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् । उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको संन्यास दीक्षा ग्रहण गरेकी हुन् ।
उनले संन्यास दीक्षा लिएको जानकारी अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन् ।
उनले ओशो परिवारमा शिल्पालाई स्वागत गर्दै लेखेकी छन्,'नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसंन्यास दीक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु । अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।'
शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राइडे रिलिज : फिल्म हलमा ‘ताण्डवम्’
-
अनुपम घलान स्मृति फुटबल: वडा नम्बर १२, १५ र १९ सेमिफाइनलमा
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
-
बागमतीमा ८६ प्रतिशत किशोरीले मात्रै लगाए एचपीभी खोप
-
धर्मशाला उद्घाटनका लागि राष्ट्रपति पौडेल आज धरान आउने