संघीय संरचनाको विकास, विस्तार र सुदृढीकरण निरन्तर चलिरहेको छ : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघर्ष र आन्दोलनहरुबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको चरणमा रहेको बताएका छन् । संघीय संरचनाको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहेको उनले बताए ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री लामाले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई कार्यान्वयन तर्फ अग्रसर रहेको बताए। सोही अनुसार संघीयता कार्यान्वयन गर्दै गठन भएको बागमती प्रदेश सरकारले विकास निर्माण तथा आर्थिक समृद्धिको काम अघि बढाएको उनले बताए । राजनीतिक सङ्क्रमणकाल समाप्त भई मुलुकको आर्थिक, सामाजिक, रूपान्तरणसंगै आम जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यमा प्रदेश सरकार कटिबद्ध रहेको उनको भनाई छ ।
'हामी विगत सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनहरुबाट प्राप्त उपलब्धिको रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको चरणमा छौँ । यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहेको छ।' उनले भनेका छन्, 'लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक, रूपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको बागमती प्रदेश सरकार, बागमती प्रदेशको विकास र समृद्धिका लागि दृढ रहेको विश्वास दिलाउन चाहन्छु ।'
लोकतन्त्रको जगेर्ना गर्दै संघीयताको सवलीकरण र गणतन्त्र सुदृढ गर्न एकताबद्ध भई अघि बढ्न उनले आगरह गरे । समुन्नत राष्ट्र निर्माणमा एकजुट भएर योजनाबद्ध रूपमा काम गर्न उनले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति