साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं

काठमाडौं । रुसी विदेशमन्त्री सेर्गेइ ल्यावरोवले आफुहरु कुनै पनि शान्ति सम्झौताका लागि युक्रेनमा नेटो देशका शान्ति सेना स्वीकार नगर्ने बताएका छन् । साउदी अरेबियामा अमेरिकासँगको उच्चस्तरीय वार्तापछि विदेशमन्त्री ल्यावरोवले यस्तो बताएका हुन् ।
उनले भने, ‘कुनै अन्य झण्डामुनि सशस्त्र बलको उपस्थितिले केही बदल्दैन । जुन पूर्णं रुपमा अस्वीकार्य छ ।’ रुस र अमेरिका युक्रेन युद्ध समाप्त गर्ने सम्बन्धमा वार्ता टोली नियुक्त गर्न भने सहमत भएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुपियोले बैठकपछि भने, ‘आज एक लामो एवं कठिन यात्राको पहिलो कदम चालिएको छ । तर, यो महत्वपूर्ण छ ।’ साउदी वार्तामा युक्रेनलाई भने आमन्त्रण गरिएको थिएन । जसलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले ‘आश्चर्य’ भनी प्रतिक्रिया दिएका छन् ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युक्रेनको प्रतिक्रिया निराशाजनक रहेको बताएका छन् । साउदी बैठकपछि ट्रम्पले आफु निकै आश्वस्थ रहेको, भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
-
रोनाल्डोलाई पनि मेस्सीसँगै इन्टर मियामीबाट क्लब विश्वकप खेलाउने योजनामा बेकह्याम
-
काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने, अस्ट्रेलियन दूतावासको ट्राभल एडभाइजरी
-
गर्मीमा अनुहारमा दल्नु हुन्न यी चिज, नत्र अनुहार बिग्रन सक्छ
-
‘कुलमानको विषयलाई लिएर प्रतिपक्षले संसद् अवरुद्ध पार्नु संविधान विपरीत’
-
छिटपुट पानी पर्न थालेपछि दक्षिण कोरियालाई डढेलोबाट राहत