मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बायर्न म्युनिख, क्लब ब्रुग र बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा

बुधबार, ०७ फागुन २०८१, ०५ : १७
बुधबार, ०७ फागुन २०८१

काठमाडौं । जर्मनीको बायर्न म्युनिख, बेल्जियमको क्लब ब्रुग र पोर्चुगलको बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । मंगलबार राती नकआउट चरण प्लेअफ दोस्रो लेगमा सपलता हासिल गर्दै यी टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका हुन् । 

जर्मनीको बायर्न मुनिखले स्कट ल्याण्डको सेल्टिकसँग १-१ को बराबरी गर्दा समग्रमा ३-२ ले जित हासिल गर्‍यो । पहिलो लेग २-१ ले जितेका कारण बायर्न अन्तिम १६ मा पुगेको हो । 

इटालीको एटलान्टालाई ३-१ ले हराएको क्लब ब्रुगले समग्रमा ५-२ को नतिजा निकाल्दै अन्तिम १६ को यात्रा गर्यो । यस्तै, बेनिफिकाले फ्रान्सको एएस मोनाकोलाई ३-३ को बराबरीमा रोकेर समग्रमा ४-३ को नतिजाले पछि पार्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । 

यसैबीच, इटालीको एसी मिलानलाई हराउँदै नेदरल्याण्डसको फेयनूर्ड समेत अन्तिम १६ मा प्रवेश गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?