शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग : नकआउट चरणमै टुंगियो एसी मिलानको यात्रा

बुधबार, ०७ फागुन २०८१, ०१ : ५४
बुधबार, ०७ फागुन २०८१

काठमाडौं । इटालियन क्लब एसी मिलानको च्याम्पियन्स लिग यात्रा टुंगिएको छ । मंगलबार राती भएको नकआउट चरण प्लेअफ अन्तर्गत दोस्रो लेगमा नेदरल्याण्ड्सको फेयनूर्डसँग १-१ को बराबरी खेलेसँगै एसी मिलानको यात्रा टुंगिएको हो । 

समग्रमा एसी मिलान २-१ ले पछि पर्दै च्याम्पिन्स लिगको नकआउट चरणबाट बाहिरिएको हो । यसअघि पहिलो लेगमा मिलान १-० ले हारेको थियो । मंगलबार राती मिलानका लागि सान्टियागो गिमिनेजले एक गोल गरे भने फेयनूर्डका जुलियन कर्राजाले बराबरी गोल फर्काए । 

पहिलो हाफ लगत्तै मिलानका एक खेलाडी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए भने इन्जुरी समयमा फेयनूर्डका खेलाडीले पनि रातो कार्ड खाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप