माधव नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
मङ्गलबार, ०६ फागुन २०८१, २१ : ४०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको हो । सो प्रतिवेदन यही फागुन ८ गते केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।
बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तात्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकले अध्यादेश देश र जनताको हितमा नभएकाले संसद्मा निर्णयार्थ प्रस्तुत गरिएमा त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए । यही फागुन ७ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?
-
अल्लु अर्जुनको हातमा पर्यो ८ सय करोड भारुको फिल्म
-
काठमाडौँ महानगरमा स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण
-
केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित