१० बजे १० समाचार : नेपाली छात्रा मृत्यु प्रकरणमा नेपाल सरकारदेखि भारतको राज्य सरकारसम्म एक्सनमा, सभामुख र रास्वपाको जुहारी सदनमा

आज २०८१ फागुन ६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- प्रकृति लम्साल मृत्यु प्रकरण
भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूसँग भएको दुर्व्यवहारको घटनामा माफी मागेको छ । क्याम्पसका उपकुलपति प्रा. सरनजीत सिंहले १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरू स्तब्ध रहेको बताएका हुन् ।
- संसद् बैठक
१८ माघदेखि सुरु भएको प्रतिनिधिसभाको पाँचौ अधिवेशनको आजसहित नवौँ बैठकमा आउँदा धेरै जुहारी सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबीच परिरहेको छ । रास्वपा सांसदहरूले सभामुख घिमिरेले संसद् सञ्चालनका क्रममा प्रश्न उठाइरहेका छन् । सभामुख घिमिरे र उनको सचिवालयले भने संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको सहमतिमा हुने संसद्को कार्यसूचीमा बखेडा झिक्ने काम रास्वपा सांसदहरूबाट भइरहेको आशयका अभिव्यक्ति दिइरहेका छन् ।
- सिरहामा किशोरी मृत्यु प्रकरण
सिरहाको नवराजपुर गाउँपालिका–१ मा शंकास्पद रूपमा ज्यान गुमाएकी रिंकुकुमारी सदाबारे मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ । प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला नेतृत्वको छानबिन समितिका सदस्यहरू मंगलबार पीडित परिवारको घरमा पुगेर घटनाबारे सोधपुछ गरेका छन् ।
- उपभोक्ता अदालत
उपभोक्ताको गुनासो सुनुवाइ गर्न सरकारले गठन गरेको उपभोक्ता अदालत २०८१ चैत २ गतेदेखि विधिवत् रूपमा कार्यान्वयनमा आउने भएको छ । मार्च १५ ( चैत २ गते) शनिबार विश्व उपभोक्ता अधिकार दिवसका दिनबाट यसलाई सञ्चालनमा ल्याउन लागिएको हो ।
- जलविद्युत् आयोजनाको रोकियो आईपीओ
प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिको निर्देशनका कारण आईपीओ निष्कासन रोकिएको छ । समितिले गत वर्ष पुस १२ गते वास्तविक नेटवर्थ ९० प्रतिशतभन्दा बढी भएका कम्पनीलाई मात्रै आईपीओ जारी गर्ने अनुमति दिन सेबोनलाई निर्देशन दिएको थियो । समितिको निर्देशनका कारण एक वर्षदेखि आईपीओ निष्कासन प्रक्रिया अघि बढ्न सकेको छैन ।
- रोकियो एमसीसीको भुक्तानी
अमेरिकाले विवादित मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गतको सहयोगसँग सम्बन्धित भुक्तानी तत्कालका लागि रोकेको छ । केहीअघि युएसएड अन्तर्गतका सबै सहयोग रोकेको अमेरिकाले अहिले मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको सहयोगको भुक्तानी पनि रोकेको हो ।
- माओवादीको दोधारे नीति
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले राज्यको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्नेमा जोड दिँदै आएको छ । संविधान संशोधन मुद्दालाई नेपाली कांग्रेस र नेकपा एमालेले मुख्य मुद्दा बनाएपछि माओवादीले संविधान निर्माणको बेला राखेको ‘नोट अफ डिसेन्ट’ मुद्दा फेरि बिउँताएको हो ।
- वायु र ध्वनि प्रदूषण
काठमाडौँको पुरानो बानेश्वरस्थित मुख्य सडकछेउमै छ, रत्नराज्य माध्यमिक विद्यालय । २५ सयको हाराहारीमा विद्यार्थी दैनिक ८ घण्टा त्यही विद्यालयमा बिताउँछन् । उनीहरू बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्यालयमै रहन्छन् ।
- चिसिएको कूटनीति
फागुन २ गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको भेटवार्तालाई विश्वले चासोपूर्वक हेर्यो । आ–आफ्ना देशको चुनावबाट शासन सत्तामा पुनरागमन गरेपछि यी दुईबिच भेट भएको थियो । विश्वको अर्थतन्त्रको पहिलो (अमेरिका) र पाँचौँ (भारत) ठुला दुई देशबिच भेटवार्ता हुनु त्यतिकै पनि महत्त्वपूर्ण थियो । त्यसमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमा रहेका आप्रवासीहरूलाई भारत पठाएको, प्यालेस्टिनीहरूलाई अन्य अरब मुलुकमा पठाई गाजालाई नियन्त्रणमा लिएर पुनर्निर्माण गर्ने प्रस्ताव, युक्रेन–रुस युद्धको अन्त्यलगायत काम गरेका बेला प्रधानमन्त्री मोदीको भेटले विश्व राजनीतिमा निकै महत्त्वपूर्ण रह्यो ।
- सेयर बजार
नेप्से परिसूचक लगातार तेस्रो दिन बढेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक ११.९२ अंकले बढेको हो । योसँगै बजार परिसूचक २७३९.८२ अंकमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बायर्न म्युनिख, क्लब ब्रुग र बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा
-
विदेशी मुद्रा कसको मूल्य कति ?
-
एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपीभी खोप
-
च्याम्पियन्स लिग : नकआउट चरणमै टुंगियो एसी मिलानको यात्रा
-
रातोपाटी ब्रिफिङ : सिरहामा रिंकुको घटना दबाउन पञ्च बसेर बार्गेनिङदेखि अमेरिकाले रोक्यो एमसीसीको भुक्तानीसम्म
-
सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना