हसिनाले भनिन्, 'युनुस सरकारले बंगलादेशलाई आतंकवादतर्फ लग्यो'

नयाँ दिल्ली । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले देशलाई आतंकवाद र अराजकताको केन्द्र बनाएको आरोप लगाएकी छन् ।
बंगलादेश फर्कने प्रतिबद्धतासँगै उनले पीडित परिवारलाई सहयोग गर्ने र न्याय उपलब्ध गराउने आश्वासन पनि दिएका छन् । सरकारी जागिरमा विवादित कोटा प्रणालीलाई लिएर अगस्टमा उनको सरकारविरुद्ध हिंसात्मक विद्यार्थी आन्दोलन भएको थियो ।
फलस्वरूप ५ अगस्टमा हसिना नेतृत्वको अवामी लिगको सरकार ढल्यो। भागेकी उनी अहिले भारतमा छिन् । हसिनाले सोमबार भारतबाट बंगलादेशमा आफ्नो पार्टी अवामी लिगका समर्थकहरूलाई अनलाइनमा सम्बोधन गरेकी थिइन्।
उनले नोबेल पुरस्कार विजेता युनुसले आफूसँग देश चलाउने अनुभव नभएको भन्दै ठूलो जिम्मेवारीबाट जोगिनुपर्ने बताइन् । गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दर्जनौँ प्रहरी अधिकारीको मृत्यु भए पनि उनीहरूले उनलाई चुपचाप बसेको र अराजकता बढाउन अनुमति दिएको उनको आरोप थियाे ।
७७ वर्षीया हसिनाले भनिन्, ‘युनुससँग सरकार चलाउने अनुभव छैन । उनले सबै छानबिन समितिहरू विघटन गरे र आतंककारीहरूलाई मानिसहरू मार्न स्वतन्त्र छोडिदिए। बंगलादेशलाई ध्वस्त पार्दै छन् । हामी यो आतंकवादी सरकारलाई ध्वस्त पार्नेछौं।'
आफू बंगलादेश फर्किने भन्दै उनले बंगलादेशमा हत्याराहरूले न्यायको सामना गर्नुपर्ने बताइन् । 'उनीहरूको हिसाब बंगलादेशको माटोमा मात्र हुनेछ । सायद त्यसैले अल्लाहले मलाई जीवित राखेका छन्,' उनले भनिन् ।
बंगलादेशमा आफ्नो सरकार हटेएपछि हसिना भारतमै बस्दै आएकी छिन् । लामो समयदेखि राजनीतिक रूपमा सक्रिय नभएकी उनी सन्देशमार्फत आफ्ना समर्थकहरूसँग जोडिरहेकी छिन् ।
अर्कोतर्फ बंगलादेशको अन्तरिम सरकारले हसिनालाई सुपुर्दगी गर्न भारतलाई आग्रह गरेको छ । उनीमाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो छ यो साताको राशिफल ?
-
५२ वर्षपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक
-
आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति महासंघको आपत्ति
-
न्युक्यासलसँग हारेसँगै रेलिगेसनमा पर्यो ईप्सविच
-
मातातीर्थ कुण्डमा स्नान र दर्शन गर्ने भक्तजनको घुइँचो, तस्बिरहरू
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै