मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

पूर्वनौसेनाका अधिकारीबारे भारतीय विदेश मन्त्रालयले दियो प्रतिक्रिया

मङ्गलबार, ०६ फागुन २०८१, २१ : १२
मङ्गलबार, ०६ फागुन २०८१

नयाँ दिल्ली । कतारको जेलमा बन्दी रहेका पूर्व नौसेना अधिकारीबारे भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । ‘उनको मामिला अहिले पनि कतारको स्थानीय अदालतमा विचाराधीन छ र प्रधानमन्त्रीले भारतीय नागरिकहरूको सुरक्षा र कल्याणका लागि अमिर र उनको सरकारले गरिरहेका प्रयासहरूको कदर गर्नुभएको छ,’ कन्सुलर, राहदानी, भिसा र प्रवासी भारतीय मामिला सीपीवी एन्ड ओआईएका  सचिव अरुण कुमार चटर्जीले भने । 

अहिले  ६०० भारतीय नागरिक कतारको जेलमा छन् । जेलमा रहेका भारतीयहरू बेला–बेलामा रिहा गरिएको पनि उनले बताए ।  २०२४ मा ८५ जना नागरिकलाई माफी दिएर रिहा गरिएको थियो । कतारका अमिर शेख तमिम बिन हमद अल–थानी यतिबेला भारत भ्रमणमा छन् । यस क्रममा दुई देशबिच दुई सम्झौता र पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार भएको द्विपक्षीय वार्तामा दुई देशबिचको सम्बन्धलाई रणनीतिक साझेदारीमा परिणत गर्ने सहमति भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप