भारतीय दूतावासले भन्यो - केआईआईटीका सुरक्षा गार्डहरूमाथि फौजदारी मुद्दा चलायौँ

काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्नेहरूलाई फौजदारी मुद्दा दर्ता गरेको जनाएको छ।
मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै दूतावासले घटनामा संलग्न सुरक्षा गार्डहरूलाई पक्राउ गर्न र गल्ती गर्ने अधिकारीहरूलाई निलम्बन गर्ने कदम चालेको बताएको हो ।
नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरण र त्यसपछि भएको घटनाक्रममा सम्बन्धमा भारतीय दूतावासले ओडिशा सरकारका अधिकारीहरू र कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) सँग निरन्तर सम्पर्क गरिरहेको पनि जनाएको छ।
भारतको ओडिशा प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको जनाउँदै दूतावासले ओडिशा राज्य सरकारले केआईआईटीलाई सूचनामा राखेको र गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको जानकारी दिएको छ।
८ वटामा बुँदामा स्पष्टीकरण दिएको दूतावासले उच्चस्तरीय समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने आश्वास दिएको छ।
यस्तो छ प्रेस विज्ञप्ति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल