शार्कको फोटो खिच्न खोज्दा महिलाले गुमाइन् दुवै हात

टोरोन्टो । क्यानडामा एक जना महिलाले आफ्नो दुवै हात गुमाएकी छिन् । टक्र्स एन्ड काइकोज टापुको तटमा ६ फुट लामो शार्कको फोटो खिच्ने कोसिस गरिरहँदा यो घटना भएको हो । महिला रोइकराई गरेको आवाज सुनेपछि उनका पती दौडिएर उनी भएको ठाउँमा पुगेका थिए । महिला त्यहाँ पति र परिवारको सदस्यको साथमा गरिएको बताइएको छ ।
उनले बल्लतल्ल शार्कलाई धपाएर पत्नीलाई किनारामा ल्याएका थिए । तर त्यतिबेलासम्म महिलाको दुवै हातमा निकै क्षतविक्षत भइसकेको थियो । आक्रमण फेब्रुअरी ७ मा भएको भन्दै ओडिटी सेन्ट्रलले समाचार छापेको छ । टापु छाड्न अघि महिलाको त्यहीको एउटा अस्पतालमा सामान्य उपचार भएको थियो । पछि उनलाई अन्तैको अस्पताल लगियो । तर डाक्टरहरूले महिलाको दुवै हात जोगाउन सकेनन् । दुवै काटेर फ्याक्नु पर्यो । टापुको वातावरण विभागले जारी गरेको विज्ञप्तिका अनुसार महिलाले फोटो खिच्नका लागि शार्कलाई बोलाइरहेकी थिइन् ।
क्यारेबियनमा उपचार गरेपछि थप उपचारका लागि महिलालाई क्यानडा पठाइएको थियो । आक्रमण शार्कलाई जिस्काएकोले भएको हो कि होइन भन्ने थाहा हुन सकेको छैन । तर शार्कले हत्तपत्त मान्छेलाई आक्रमण भने गर्दैनन् । महिलाको स्मार्टफोनका कारण शार्कले आक्रमण गरेको हुन सक्ने न्यूयोर्कका मछुवारा तथा संरक्षणविद् क्रिस स्टेनफानोउले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल
-
१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि