साझा यातायातको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक पक्राउ
मङ्गलबार, ०६ फागुन २०८१, १९ : ४६

काठमाडौँ । साझा यातायातको ठक्करबाट काठमाडौँको जमलमा साइकलयात्रीको मृत्यु भएको छ । मंगलबार बिहान विश्वज्योति हल नजिकै बा५ख ८७६१ नम्बरको बसको ठक्करबाट घाइते भएका अम्बर बहादुर बोगटीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
मृतक ओखलढुंगाको रानीवन नगरपालिका–७ घर भएर डल्लु बस्दै आएका थिए । भोटाहिटीबाट त्रिचन्द्रतर्फ जाँदै गरेको साझा यातायातका चालक रामहरि नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए ।
यसैबिच साझा यातायात सहरकारी संस्थाले घटनाबारे समवेदना व्यक्त गर्दै अनुसन्धानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन