सट्टेबाजी गराएको आरोपमा बुढानीलकण्ठबाट ४ जना भारतीय नागरिकहरू पक्राउ
मङ्गलबार, ०६ फागुन २०८१, १९ : ०८

काठमाडौँ । अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले बुढानीलकण्ठबाट ४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका २२ वर्षीय एमडी आरिफ हुसेन, ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय मविसेक मदेसिया र ४० वर्षीय ईरफान पठान छन् ।
आरोपीहरूले २ अर्बभन्दा बढीको कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि गएराति बुढानीलकण्ठबाट २४ जनालाई पक्राउ गरेको थियो । आरोपीहरुविरुद्ध प्रहरीले सट्टेबाजी गराउनु नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
-
बोडेको जिब्रो छेड्ने परम्परा : आस्था, पीडा र पुनर्विचार
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार