अपराध
राम बहादुर बम्जनविरुद्ध सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता
मङ्गलबार, ०६ फागुन २०८१, १८ : ५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राम बहादुर बम्जनविरुद्ध सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । मंगलबार विभागले बम्जनविरुद्ध 'यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको भन्ने कसुर'मा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त पत्र बमोजिम जाँचबुझ तथा अनुसन्धान गरी सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो ।
प्रतिवादी बम्जनले सो कसुरबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी रूपमा स्रोत लुकाउने छल्ने लगायत निषेधित कार्य गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य स्थापित हुन आएको विभागको दाबी छ । बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
-
गोरु तस्करी प्रकरणमा भइरहेका छानबिनमाथि प्रदेश प्रहरी कार्यालयले निगरानी गर्दै
-
राजेशकाशी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक लोकार्पित
-
पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा
-
पशुपति जलहरी प्रकरण : अख्तियारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन
-
सरकार अध्यादेशको पासोमा पर्यो : माओवादी केन्द्र