कांग्रेस जनप्रिय पार्टी भएकाले नेताहरू पनि जनप्रिय बन्नुपर्छ : पुष्पा भुसाल

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले कांग्रेस जनप्रिय पार्टी रहेको हुँदा नेताहरू पनि जनप्रिय बन्नु पर्ने बताएकी छन् । कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा मंगलबार आयोजित महिला नेतृत्व, अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता बताएकी हुन् ।
केन्द्रीय सदस्य भुसालले नेपालको संविधान र कांग्रेसको विधानले प्रदत्त गरेको महिलाहरूको पहिचान र अधिकारलाई अन्य दलभन्दा फरक ढंगबाट विश्लेषण गरेर नेतृत्व गर्ने नेताहरूको भूमिका दरो हुनुपर्नेमा जोड दिइन् । क्रान्तिको भूमि मधेस प्रदेश रहेको हुँदा जबजब नेपालमा संटक पर्दछ तबतब मधेसका महिलाहरू पनि पुरुषको काँधमा काँध मिलाएर आफ्नो दरो भूमिका निर्वाह गर्दै आएको हुँदा महिला नेतृत्वलाई अवसर प्रदान गरिएमा संगठन बलियो हुने विश्वास व्यक्त गरिन् ।
केन्द्रीय महिला विभागले सात वटै प्रदेशमा यस्ता कार्यक्रम गर्न लागिएको स्पष्ट पार्दै महिला उनले प्राप्त गरेको हक र अधिकारलाई कांग्रेसले कति दियो त्यसको विश्लेषण गर्नुपर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिएको बताइन् । महिलालाई अगाडि बढाउनका लागि कांग्रेसको नेतृत्व वर्गले सोच्नु पर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति
-
गिल र शमीको प्रदर्शनमा भारतको विजयी सुरुवात
-
१० बजे १० समाचार : नेपालमा युरोपियन जहाज ल्याउन रोकदेखि पाथीभरा क्षेत्रमा फेरि तनावसम्म
-
स्थानीय पहिचान प्रवर्द्धन गर्न फागुन १० देखि स्वयम्भू महोत्सव