सार्कले टोक्दा महिलाले गुमाइन् दुवै हात

टोरोन्टो । क्यानडामा एक जना महिलाले आफ्नो दुवै हात गुमाएकी छन् । टक्र्स एन्ड काइकोज टापुको तटमा ६ फुट लामो सार्कसँग फोटो खिच्ने कोसिस गरिरहँदा यो घटना भएको बताइएको छ । महिला रोए कराएको आवाज सुनेपछि महिलाको पती दौडिएर उनी भएको ठाउँमा पुगेका थिए । उनले बल्लतल्ल सार्कलाई धपाएर पत्नीलाई किनारामा ल्याए । यतिबेलासम्म महिलाको दुवै हातमा निकै क्षतविक्षत भइसकेको समाचारमा जनाइएको छ ।
आक्रमण फेब्रुअरी ७ मा भएको भन्दै ओडिटी सेन्ट्रलले समाचार छापेको छ । टापु छाड्नु अघि महिलाको त्यहीको एउटा अस्पतालमा सामान्य उपचार भएको थियो । पछि उनलाई अन्तै अस्पताल लगियो ।
तर डाक्टरहरूले महिलाको दुवै हात जोगाउन सकेनन् । दुवै काटेर फ्याँक्नु पर्यो । टापुको वातावरण विभागले जारी गरेको विज्ञप्तिका अनुसार महिलाले फोटो खिच्नका लागि शार्कलाई बोलाइरहेकी थिइन् ।
क्यारेबियनमा उपचार गरेपछि थप उपचारका लागि महिलालाई क्यानडा पठाइएको थियो । सार्कले हत्तपत्त मान्छेलाई आक्रमण भने गर्दैनन् । महिलाको स्मार्टफोनका कारण शार्कले आक्रमण गरेको हुन सक्ने न्यूयोर्कका मछुवारा तथा संरक्षणविद् क्रिस स्टेनफानोउले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड