प्रकृति लम्सालको न्यायका लागि पुल्चोक इन्जिनियरिङका विद्यार्थीले थाले हस्ताक्षर संकलन

काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको न्यायका लागि पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले हस्ताक्षर संकलन थालेका छन् ।
पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले विरोध प्रदर्शन गर्नुका साथै उनको न्यायका लागि हस्ताक्षर संकलन गरेका हुन् ।
विद्यार्थीहरूले आयोजना गरेको विरोध र्यालीमा क्याम्पसका विद्यार्थीहरू सहभागी थिए । पुल्चोक क्याम्पसबाट सुरु र्याली लबिङ मल हुँदै हरिहर भवनबाट पुनः डीन कार्यालयमा आएर सकिएको थियो ।
उक्त क्रममा विद्यार्थीहरूले ‘प्रकृतिलाई न्याय दे’, ‘जस्टिस फर प्रकृति’, ‘निष्पक्ष छानबिन गर’ लगायत नारासहित प्लेकार्ड बोकेका थिए ।
त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर संकलन गरेका हुन् । विद्यार्थीहरूले संकलन गरेको हस्ताक्षर नेपालस्थित भारतीय राजदूतावासलाई बुझाउने कार्यक्रम रहेको विद्यार्थीहरूले बताएका छन् । नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस इकाइ सभापति विक्रम भण्डारीले प्रकृति लम्सालले न्याय पाउनुपर्ने र यस्ता घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि विरोध प्रदर्शन गरेको बताए ।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृतिको रहस्यमय मृत्यु भएपछि नेपालभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौँलगायत देशका विभिन्न ठाउँका क्याम्पसमा समेत प्रदर्शन भएको छ । भारतमा समेत विभिन्न ठाउँमा विरोध प्रदर्शन जारी छ । विश्वविद्यालयका विद्यार्थीहरूले समेत विरोध प्रदर्शन जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’
-
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु