निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग गरेको छ । हालै काठमाडौँमा सम्पन्न १२ औँ महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले संघ, प्रदेश र स्थानीय तहको निजामती सेवा सञ्चालन तथा व्यवस्थापनका लागि संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग गरेको हो ।
तीनै तहमा कार्यरत कर्मचारीहरूलाई माथिल्लो पदमा प्रतिस्पर्धा गर्दा उमेरको हद नलाग्ने व्यवस्था हुनुपर्ने, प्रदेश र स्थानीय तहमा समायोजनपछि तह वृद्धि भई अवकाश भएका कर्मचारीको सेवा सुविधा तहवृद्धि भएकै अवस्थाको उपलब्ध गराउन संगठनले माग गरेको छ ।
महाधिवेशनमार्फत उच्चस्तरीय तलब सुझाव आयोगको प्रतिवेदनको सुझाव अनुसार कर्मचारीको तलब भत्ता लगायतका सेवा सुविधा आगामी बजेटबाट कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरिएको संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।
महाधिवेशनले भवानी न्यौपाने दाहालको अध्यक्षतामा १ सय ७१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको संगठनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा
-
गृहले फेर्यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी
-
गण्डकीमा कामकाजी भाषा बहस: मगर र गुरुङ बाहेकलाई पनि समेट्न सुझाव
-
कम्युनिस्ट आन्दोलनको अबको मोडल केरलाको जस्तो हुनुपर्छ : राम कार्की
-
भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु
-
माओवादीको ४० बुँदे मागलाई सरकारले हलुका ढंगले लिँदा ठुलो क्षति भयो