रुस–युक्रेन युद्ध अन्त्य गर्न साउदी अरबमा अमेरिका र रुसबिच वार्ता सुरु
मङ्गलबार, ०६ फागुन २०८१, १६ : २७

साउदी अरब । रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्नका लागि साउदी अरबमा वार्ता सुरु भएको छ । रुस र अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गर्ने सन्दर्भमा वार्ता सुरु गरेका हुन् । यो वार्तामा युक्रेन भने सहभागी छैन ।
वार्तामा रुसका विदेशमन्त्री सर्गेई लाभारोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियो सामेल छन् ।
अमेरिकी अधिकारीहरूले यो वार्तालाई युद्ध अन्त्य गर्न रुस कति गम्भीर छ भन्ने विषय मापन गर्नका लागि महत्त्वपूर्ण हुने बताएका छन् । यस्तै, रुसी अधिकारीले यो वार्ताका माध्यमबाट अमेरिकासँगको सम्बन्ध सामान्य हुने अपेक्षा गरिएको बताएका छन् ।
उता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन सहभागी नभएको वार्ताबाट हुने सम्झौता आफूलाई मान्य नहुने बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईदले आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने पूर्वराष्ट्रपति भण्डारीको विश्वास
-
हेर्दा हेर्दै कसरी हरायो एउटा भाषा
-
प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना
-
ट्रम्पले किन भने- ‘म पुटिनसँग धेरै रिसाएको छु’?
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
-
निरन्तर बढ्दै शंकास्पद कारोबार, कुन अपराधमा कस्तो अवस्था ?