शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

किट विश्वविद्यालयका संस्थापकसँग राजदूत शर्माले गरे कुराकानी

मङ्गलबार, ०६ फागुन २०८१, १६ : २४
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ । भारतस्थित नेपाली राजदूत डा.शंकर शर्माले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा भएको नेपाली विद्यार्थी मृत्यु प्रकरणको बारेमा किट विश्वविद्यालयका संस्थापकसँग कुराकानी गरेका छन् । राजदूत शर्माले किट विश्वविद्यालयका संस्थापक अच्युत सामन्तसँग टेलिफोनमा कुराकानी गरी त्यहाँको अवस्थाबारेमा जानकारी लिएका हुन् । 

राजदूत शर्माले सामन्तसँग टेलिफोनमा कुराकानी गर्नुको साथै उनका प्रतिनिधिसँग भेटेर जानकारी लिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।  

यो घटनालाई लिएर विश्वविद्यालय दुखी रहेको र यसको विषयमा उपकुलपतिले माफी समेत मागेको सामन्तले बताए ।  किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । 

सो घटनालाई लिएर नेपाली विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । मृत्यु प्रकरणका आरोपीलाई प्रहरी पक्राउ पनि गरिसकेको छ । विद्यार्थीहरूलाई विश्वविद्यालयमा फर्काउने काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप