शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
रित्तो संसद्, खाली कुर्सी, तस्बिरहरू
संसद् बैठक

रित्तो संसद्, खाली कुर्सी, तस्बिरहरू

मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक मंगलबार बसिरहेको छ । तर, बैठकमा सांसदहरूभन्दा खाली कुर्सी बढी देखिएका छन् ।

बैठकको सुरुवातमा सांसदहरू उपस्थित भए पनि विशेष समयसम्म आइपुग्दा अधिकांश सांसदहरू बैठक छाडेर हिँडिसकेका थिए । यसअघि आइतबार पनि गणपूरक संख्या (कोरम) नपुगेर प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो । कोरमका लागि ६९ सांसद आवश्यक भए पनि बैठकमा ६८ सांसद मात्र उपस्थित थिए । बैठकमा सांसदहरू हाजिर गरेर टाप कस्ने प्रवृत्ति नौलो भने होइन ।

empty chair (1)empty chair (2)empty chair (3)empty chair (4)empty chair (5)empty chair (6)empty chair (7)empty chair (8)empty chair (9)empty chair (10)empty chair (11)empty chair (12)empty chair (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया