उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले देशको अवस्था र समग्र शिक्षामा आमूल परिवर्तन गर्न यो घटनाबाट शिक्षा लिनुपर्नेमा जोड दिए ।
नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरण र अन्य विद्यार्थीमाथि भारतीय पक्षले गरेको दुर्व्यवहार रोक्न भइरहेको कूटनीतिक पहलबारे निरन्तर सदनलाई जानकारी गराउन लिङ्देनले माग गरे ।
‘भारतको उडिसास्थित त्यो एउटा कलेजमा मात्रै हजारौँ विद्यार्थी छन् भने हाम्रो देशको अवस्था के छ ? अन्य कलेमा त्यसरी जाने विद्यार्थी कति होला ? यसबाट बुझ्नु पर्यो कि देशमा शैक्षिक वातावरण ठिक छैन । देशको शिक्षा गरिखाने खालको छैन । देशको शैक्षिक भविष्य ठिक छैन । यसबाट पाठ सिकेर शिक्षामा आमूल परिवर्तन हुनुपर्यो । देशको अवस्था ठिक छैन मात्र होइन छिमेकीहरूले हामीलाई हेर्ने अवस्थासमेत ठिक छैन भन्ने कुरा यसबाट प्रमाणित हुन्छ’, उनले भने ।
यस्तै सरकारले फेसबुक, एक्समा लगायत सामाजिक सञ्जालमा वक्तव्यमात्र निकालेर नहुने भन्दै उनले परराष्ट्रमन्त्री वा सम्बन्धी व्यक्तिबाट संसद्लाई नियमित अपडेट गराइराख्न सरकारसमक्ष आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकका मागप्रति एकीकृत समाजवादीले जनायो ऐक्यबद्धता
-
आन्दोलनलाई दबाउने कोसिस भए ‘जेल भर अभियान’ चलाउँछौँः शाही
-
तीनकुने घटनाका दोषीलाई छोड्न हुँदैन : सभापति देउवा
-
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय
-
आगामी वैशाखमा नेपाल–चीन सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुने
-
क्षेप्यास्त्र आक्रमणबाट युक्रेनी सरकारी सञ्चार कार्यालयमा क्षति