बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय

पुल्चोक इन्जिनियरिङ कलेजमा ‘मेकाथन फर असिस्टिभ टेक्नोलोजी’ प्रदर्शनी

मङ्गलबार, ०६ फागुन २०८१, १५ : ४५
मङ्गलबार, ०६ फागुन २०८१

ललितपुर । ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा आजबाट मेकाथन फर असिस्टिभ टेक्नोलोजी प्रदर्शनी आयोजना गरिएको छ । 

assistive (1)

सो प्रदर्शनी विशेष गरी अपांगता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन सहयोग गर्ने सहायक उपकरण (assistive device) र अनुकूल उपकरण (adaptive device) निर्माण गर्न केन्द्रित रहेको छ। 

assistive (2)

तीन दिनसम्म चल्ने सो मेकाथनले इन्जिनियर, मनोचिकित्सक, डिजाइनर, र अपांगता भएका व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याएर सहकार्यको अवसर प्रदान गर्ने आयोजकले भएको छ।  

assistive (3)

यो मेकाथनको मुख्य उद्देश्य अपांगता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरेर उनीहरूको जीवनलाई सहयोगी र प्रभावकारी बनाउन नयाँ प्रविधि निर्माण गर्नु हो। यसलाई ‘पार्टिसिपेटरी डिजाइन’भनिन्छ, जहाँ उपकरण निर्माण प्रक्रियामा सिधै तिनै व्यक्तिहरूलाई समावेश गरिन्छ जसले ती उपकरण प्रयोग गर्नेछन्।  

यसअघि यो कार्यक्रम भुटानमा राष्ट्रिय स्तरमा आयोजना गरिएको थियो। तर, नेपालमा भने यो पहिलो पटक क्षेत्रीय स्तरमा गरिएको हो। 

assistive (4)assistive (5)assistive (6)assistive (7)assistive (8)assistive (9)assistive (10)assistive (12)assistive (13)assistive (14)assistive (15)assistive (16)assistive (17)assistive (18)assistive (19)assistive (20)assistive (21)

फोटो : ममुन केसी/ नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप