दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुने टोली र खेलाडीको टुंगो

काठमाडौँ । ई–स्पोर्टस संघ नेपाल (ईशान) को आयोजनामा सञ्चालन हुन लागेको दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टोली र खेलाडीहरुको टुंगो लागेको छ । आयोजकले छनोट चरण, समूह चरण र प्ले–अफ खेलाएर अन्तिम चरणमा खेल्ने टोलीको टुंगो लगाएको हो ।
प्रतियोगिताको पब्जी मोइबल स्पर्धामा १६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्ले–अफमा २४ टोलीले प्रतिस्पर्धा गरेकोमा शीर्ष १६ टोली अन्तिम चरणका लागि छानिएको आयोजकले जनाएको छ । मोबाइल लेजेन्ड्समा दुई टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । भ्यालोरेन्ट र डोटा टुमा तीन–तीन टोल अन्तिम चरणका लागि छनोट भएका छन् । ई फुटबलको अन्तिम चरणमा १६ जना खेलाडी छनोट भएका छन् ।
पब्जीमा अन्तिम चरणमा छनोट भएका १६ टोलीमा लियो इस्पोटर्स, डिबरएस गेमिङ, रोएल गुर्खाज ई–स्पोटर्स, टि टु के ई–स्पोटर्स, रोएल ड्रागन ई–स्पोर्टस, हइन ई–स्पोटर्स, फोर योन्को लक्की क्याट, ड्रिम टु डेस्टिनेसन, ट्राइब एरोमेसी, आरसी ३२ ई–स्पोटर्स, फोर डेथ मेसिन, सोल्टी स्क्वाड, दाई ई–स्पोटर्स, नेप्क्स, जुट्टी स्क्वाड र फ्युचर एलिएन्स रहेका छन् ।
आयोजकका अनुसार, डोटा टुमा छनोट भएका टोलीमा किर्तिपुर, स्नेक हारु र एभेन्जर्स छन् । भालोरेन्टमा छनोट भएका टोलीमा नो टक ओनली किल, अरकान र काल्म डाउनले रहेका छन् । मोबाइल लेजेन्ड्समा छनोट भएका टोलीमा हमिङ बड्र्स र औरा रहेका छन् ।
ई फुटबलका लागि अन्तिम चरणमा छनोट भएका १६ खेलाडीमा राजेश बिसी, आशुतोषविक्रम कार्की, प्रियम मगर, हृज्वान श्रेष्ठ, स्वप्निल अधिकारी, अनिश श्रेष्ठ, बुद्धि बहादुर भट्टराई, सन्दिप गोले तामाङ, निमेश श्रेष्ठ, उदिप महर्जन, सन्देश थापा, वियज लामा तामाङ, अमन रायमाजी, दावा नोर्बु शेर्पा, विशाल राई र दिपक भट्टराई छन् ।
च्याम्पियनसिपको कुल पुरस्कार राशी २५ लाख रुपैयाँ रहेको छ । च्याम्पियनसिपको अन्तिम चरणको खेल फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रव्यापी आन्दोलन नगरीकन राष्ट्रव्यापी पार्टी बनाउन सकिँदैन : घनश्याम भुसाल
-
महाकुम्भ आउने–जाने क्रममा ३ दुर्घटना, १४ जनाको मृत्यु
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
-
कमरान अकमल भन्छन्– ‘पाकिस्तानको च्यामिपयन्स ट्रफी खेल्ने स्तर नै छैन’
-
जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति
-
सातामा नेप्से ६५.२७ अंकले वृद्धि, पुरानै लयमा फर्किएला ?