नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा एकतर्फी कालोपत्र चैतसम्ममा सक्ने लक्ष्य

बुटवल । लामो समयदेखि सुस्त रहेको नारायणगढ–बुटवलका सडकको पूर्वी खण्डमा पछिल्लो समय धमाधम काम भइरहेको छ ।
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले २०७५ सालमा यो सडक विस्तारको ठेक्का लिए पनि अपेक्षा अनुसार कामले गति लिएको थिएन । पछिल्लो डेढ महिनामा धमाधम काम भइरहेको बुटवल–नारायणगढ सडक परियोजनाले जनाएको छ ।
पूर्वी खण्डमा पर्ने ६४ किलोमिटर सडकमध्ये अहिले विभिन्न १६ ठाउँमा काम भइरहेको परियोजनाका पूर्व खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।
जसमध्ये दाउन्ने कल्भर्ट निर्माण चलिरहेको छ भने देवचुली नगरपालिका रहेको सीजी धाम नजिकै कालोपत्रेको काम चलिरहेको छ । पूर्वी खण्डमा निर्माण गर्नुपर्ने ३१ मध्ये २६ वटा कल्भर्ट निर्माण भएका छन् । बाँकी ७ वटाको काम चलिरहेको इन्जिनियर खनालले रातोपाटीलाई बताए ।
उनले पूर्वी खण्डमा पिच गर्न ठुलो हिस्सा तयार अवस्थामा रहेको जानकारी दिए । सडक रहेको, ठाउँ–ठाउँमा वाल लगाउने काम पनि जारी रहेको उनको भनाइ छ । ठेकदार कम्पनीले पछिल्लो समय अहिले दैनिक ७ सय मिटरसम्म सडकमा मेसिन राखेर काम गरिरहेको उनले बताए ।
खनालका अनुसार हालै चोरमारामा कालोपत्रे गरिएको छ । पूर्वी सडकखण्डको ६४ किलोमिटरमध्ये अहिले ४० किलोमिटर कालोपत्रे भएको छ । सूचना अधिकारी खनालले हालसम्मको भौतिक प्रगति ५६ प्रतिशत र वित्तीय प्रगति ४९ प्रतिशत रहेको जानकारी दिए ।
उनले यही रफ्तारमा काम गर्दा माघको अन्तिमसम्म भौतिक प्रगति ६३ प्रतिशतभन्दा माथि पुग्ने र चैत मसान्तसम्ममा गैँडाकोट–दुम्कीबास खण्डमा एकतर्फी कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन नारायणगढ–बुटवल सडक खण्डको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ पूर्वी खण्ड र दाइउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’पश्चिम खण्ड बनाएर सडक विस्तारको काम भइरहेको हो ।
एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार भइरहेको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । गैँडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति
-
गिल र शमीको प्रदर्शनमा भारतको विजयी सुरुवात
-
१० बजे १० समाचार : नेपालमा युरोपियन जहाज ल्याउन रोकदेखि पाथीभरा क्षेत्रमा फेरि तनावसम्म
-
स्थानीय पहिचान प्रवर्द्धन गर्न फागुन १० देखि स्वयम्भू महोत्सव