युगान्डाविरुद्धको मैत्रीपूर्ण खेलका लागि क्यानद्वारा प्रारम्भिक टोलीको घोषणा
मङ्गलबार, ०६ फागुन २०८१, १५ : ३२

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा क्रिकेट संघको आयोजनामा सञ्चालन हुने मैत्रीपूर्ण खेललाई ध्यानमा राखी पहिलो चरणको बन्द प्रशिक्षण शिविरका लागि १८ सदस्यीय महिला टोलीको घोषणा गरेको छ ।
मैत्रीपूर्ण खेल आगामी मार्च ६ देखि १७ तारिखसम्म युगान्डामा आयोजना हुनेछ । पहिलो चरणको बन्द प्रशिक्षण शिविरका लागि घोषित नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), रुविना क्षेत्री बेल्वासे र सम्झना कुमारी खड्का रहेका छन् ।
यसैगरी, टोलीमा रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, विन्दु रावल, अलिसा कुमारी यादव, रोमा थापा, मनिषा कुमारी उपाध्याय, सवनम राई, इश्वरी बिष्ट, शोभा रोकाय, साना प्रविन, रिया शर्मा र सीमाना केसीले पनि स्थान पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प भन्छन्-अतिरिक्त महसुलको धम्कीले ब्रिक्स तितरबितर भयो
-
तस्बिरमा हेर्नुहोस् नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक
-
ईभीका लागि टाटा मोटर्ससँग ‘कम्प्लिट इकोसिस्टम’ बनाएका छौँ : राजनबाबु श्रेष्ठ
-
भारत–पाकिस्तान भिडन्तमा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानहरु
-
विदेशी सिम र रिचार्ज कार्ड अनुमति लिएर मात्रै बिक्री वितरण गर्ने प्राधिकरणको निर्देशन
-
जीडीपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो