६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि

काठमाडौँ । नेप्से परिसूचक लगातार तेस्रो दिन बढेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक ११.९२ अंकले बढेको हो । योसँगै बजार परिसूचक २७३९.८२ अंकमा पुगेको छ ।
परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ । बजारमा आज १० अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । सोमबार पनि कारोबार १० अर्ब नाघेको थियो ।
बजारमा आज १४९ कम्पनीको मूल्य घटेको छ । ८७ कम्पनीको मूल्य बढ्दा ८ कम्पनीको मूल्य स्थिर रहेको छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार परिसूचक भने बढेको देखिएको छ । घटेको कम्पनी कुल संख्याको ६१ प्रतिशत हो । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार बढेको छ ।
आज चार कम्पनीहरू विन नेपाल, गुराँस लघुवित्त, इमर्जिङ नेपाल, गार्डियन माइक्रो इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा सप्तकोशी डेभलपमेन्ट बैंक र कुमारी बैंकको डिवेञ्चरमा नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज कारोबार रकम, कारोबार संख्या र कारोबार भएको शेयर संख्या तीनवटाकै आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन