बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

रुसी सदनमा १६औँ बाल नाटक महोत्सव, नाटक हेर्न विद्यार्थीको भिड

मङ्गलबार, ०६ फागुन २०८१, १५ : १७
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ । कमलपोखरीस्थित रुसी सदन (रसियन हाउस)मा केही दिनदेखि १६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र महोत्सव चलिरहेको छ । शैली थियटरको आयोजना, चलचित्र विकास बोर्ड र रुसी सदनको सह–आयोजना रहेको महोत्सव १ गते सुरु भएको हो । 

महोत्सवको शुभारम्भ चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र रुसी सदन काठमाडौँका निर्देशक आन्तोन मास्लोभले संयुक्त गरेका थिए । बुधबारसम्म चल्ने महोत्सवको छैटौँ दिन  मंगलबार दर्शना स्कुलको ‘को चोर’, मृशशिरा बोल्र्ड स्कुलको ‘लौरो’, माउन्ड हर्मन चिल्डे«न एकडेमीको ‘शिशिर र वसन्त’, हिले माध्यामिक विद्यालयको ‘आरनको कथा’, वेष्ट प्वाइन्ट आ.मा.बिको ‘रमेशको आशाको त्यान्द्रो राजु’ लगायतको नाटक प्रदर्शन भएका छन् ।

महोत्सवका दैनिक लघु चलचित्र समेत प्रदर्शन हुने गरेको छ । अहिलेसम्म औलो, एकजोर जुत्ता, एप्रोन, हुर्रा लगायत ८ वटा प्रदर्शन भइसकेका छन् ।

IMG_4399

‘नाटक, लघु चलचित्रको माध्यमबाट विद्यार्थीहरूलाई थप  सृजनशील बनाउन सकिन्छ’ भन्ने उद्देश्यले महोत्सव आयोजनामा भएको हो । यस्तै विषयवस्तुमा केन्द्रित १३ वटा नाटक महोत्सवमा सहभागी छन् । तीमध्ये दैनिक ३ देखि ७ वटासम्म विभिन्न नाटकको शो हुने गरेको आयोजक शैली थियटरका अध्यक्ष तथा महोत्सव निर्देशक नवराज बुढाथोकीले बताए । बुढाथोकीका अनुसार नाटक हेर्न विद्यार्थी, शिक्षक र अभिभावकको दैनिक भिडभाड लाग्ने गरेको छ ।

‘हिजो सोमबारसम्म ५ हजार बढी विद्यार्थीले महोत्सवमा सहभागिता जनाइसकेका छन्’, अध्यक्ष बुढाथोकीले भने ‘हिजो र अस्तिको तुलनामा आज भिडभाड झन् धेरै छ ।’ बुधबार समापन दिनसम्ममा करिब १० हजार विद्यार्थीले महोत्सवको अवलोकन गर्ने बुढाथोकीले अनुमान लगाए । ‘महोत्सव विद्यार्थी मात्र होइन करिब २५ सय अभिभावकले समेत अवलोकन गरिसके’ बुढाथोकीले थपे ‘रुसी सदनको हलको प्रत्येक शोमा दर्शक संख्या २ सय ५० हो । हामीले भिडभाडका कारण ३ सयसम्म राख्नु परेको छ ।’

महोत्सवका सहआयोजक रुसी सदनका निर्देशक आन्तोन मास्लोभले महोत्सवले बाल साहित्य सहित नाट्य क्षेत्रमा फरकपन भित्रने उद्देश्य लिएको बताए । उनले नेपाल र रुसको सांस्कृतिक विकास र प्रबद्र्धनमा लागि रुसी सदन सधैँ अग्रणी स्थानमा रहेको उल्लेख गर्दै महोत्सवले नाटक र नाट्य क्षेत्रमा नयाँ बालबालिकाको सहभागिताले यो क्षेत्रमा फरक नयाँ पन भित्रिने विश्वास व्यक्त गरे ।

IMG_4434

महोत्सवमा बाल नाटक र बाल लघु चलचित्र प्रदर्शनको अलवा बाल बालिकाको लागि लाभदायक विभिन्न कार्यक्रम समेत हुने गरेका छन् ।

महोत्सवको समापन बुधबार हुँदैन । समापनमा प्रदर्शित नाटकका कलाकारदेखि विभिन्न पक्षलाई अवार्ड प्रदान गरिनेछ । महोत्सवको जुरीमा फिल्म निर्देशक बद्री अधिकारी र रंगकर्मी अभिनेत्री सरिता गिरी रहेका छन् ।

महोत्सवमा के –के छन् नाटक ?

महोत्सवमा प्रदर्शनका लागि १३ नाटकमा छानिएका छन् । ती सबै नाटक बाल बालिका केन्द्रित र उनीहरूको बौद्धिक विकासका उद्देश्यले निर्माण भएका हुन् । महोत्सवमा आयोजक शैली थियटरको नाटक ‘खरी विनाको मादल’ रहेको छ ।

त्यसैगरी होली एन्जल्स पब्लिक स्कुलको ‘तारेभिर’,  आकाश गंगा इन्टर नेशनल स्कुलको ‘रत्त पासो’, काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको ‘खेल्ने बेला’, पिक प्वाइन्ट एजुकेसन नेटवर्कको ‘यशस्वी भवः’, समृद्धि स्कुलको ‘दि अल्किमिष्ट’ र ‘देउकी’, द भेलोसिटी स्कुलको ‘तुलसी’, युनाइटेट युनिभर्सल स्कुलको ‘पढ्न न त मन लाग्छ’, सन् साइन इङ्लिस बोडिङ स्कुलको ‘स्याडो’, दर्शना स्कुलको ‘को चोर’, मृगशिरा बोल्र्ड स्कुलको ‘लौरो’, माउन्ट हर्मन चिल्डे«न एकडेमीको ‘शिशिर र वसन्त’, हिले माध्यामिक विद्यालयको ‘आरनको कथा’, वेष्ट प्वाइन्ट आ.मा.बिको ‘रमेशको आशाको त्यान्द्रो राजु’ रहेका छन् ।

WhatsApp Image 2025-02-18 at 14.54.18

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?