प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छन् : महासचिव पोखरेल

दाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालमा प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभाहलको आज शिलान्यास गर्दै उनले प्राविधिक शिक्षालयमा लगानी वृद्धि गर्नुपर्ने बताए । उनले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
महासचिव पोखरेलले विकसित मुलुकहरूमा प्राविधिक शिक्षामा पहुँच र आकर्षण दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै नेपालमा पनि सोही अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले साधारण शिक्षाभन्दा प्राविधिक शिक्षाले सीप सहितको जनशक्ति उत्पादन हुने बताए ।
कार्यक्रममा मेट्रो कलेजका निवर्तमान अध्यक्ष एवं तुलसीपुरका पूर्वनगरप्रमुख घनश्याम पाण्डेले कलेजको सुरुआत गर्दा नै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको बताए । उनले गुरुयोजनाअनुसार विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्नसक्ने बृहत् सभाहलको निर्माण थालिएको जानकारी गराए ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवं उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्दै कानुन, वन विज्ञान, कृषिलगायत विभिन्न प्राविधिक विषयमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । सो कलेजमा दाङलगायत छिमेकी जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका उनले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति
-
गिल र शमीको प्रदर्शनमा भारतको विजयी सुरुवात
-
१० बजे १० समाचार : नेपालमा युरोपियन जहाज ल्याउन रोकदेखि पाथीभरा क्षेत्रमा फेरि तनावसम्म
-
स्थानीय पहिचान प्रवर्द्धन गर्न फागुन १० देखि स्वयम्भू महोत्सव