मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

अमेरिकामा बाढीपछि शितलहरको कहर, मर्नेको संख्या १३ पुग्यो

मङ्गलबार, ०६ फागुन २०८१, १४ : ५६
मङ्गलबार, ०६ फागुन २०८१

वाशिङटन डीसी । सप्ताहन्तमा आएको बाढीपछि अमेरिकाका धेरै भागहरूमा सहनै नसक्ने चिसोको कहर छ । पूर्वी अमेरिकापछि ध्रुवीय भोर्टेक्सले रकी पर्वत र उत्तरी मैदानहरूलाई आफ्नो चपेटामा पारेको छ । यसमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय मौसम सेवाले सोमबार उत्तरी डकोटाका केही भागको तापक्रम माइनस ५१ डिग्री सेल्सियस र मोन्टानाको केही भागको तापक्रम माइनस ४६ डिग्री सेल्सियस पुगेको बताएको छ । क्यानाडाको सिमानादेखि ओक्लाहोमा र मध्य टेक्साससम्म फैलिएका ११ अमेरिकी राज्यहरूमा अत्यधिक चिसोको चेतावनी जारी गरिएको छ । 

बाढी प्रभावित केन्टकीमा मृत्यु हुनेको संख्या ११ पुगेको केन्टकीका गभर्नर एन्डी बेशियरले सोमबार बताएका छन् । नौ जनाको मृत्यु बाढीसँग सम्बन्धित थियो । उनले दुई घातक सवारी दुर्घटनाहरू खराब मौसमसँग सम्बन्धित भएको बताए   । बाढीमा फसेका कम्तीमा हजार मानिसहरूलाई उद्धार गरिएको छ । केन्टकी र टेनेसीका केही भागहरूमा छ इन्चसम्म वर्षा भएको थियो भने दक्षिणभरि गम्भीर आँधीबेहरी आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप