बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

संघीय उड्डयन प्राधिकरणमा धमाधम कर्मचारी कटौती गर्दै ट्रम्प

मङ्गलबार, ०६ फागुन २०८१, १४ : ५४
मङ्गलबार, ०६ फागुन २०८१

वासिङ्टन डिसी ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय उड्डयन प्राधिकरण (एफएए)बाट धमाधम कर्मचारी निकालिरहेका छन् ।

  संघीय सरकारको आकार घटाउने र खर्च कम गर्ने योजना अन्तर्गत इमेलबाट जानकारी दिँदै एफएएका कर्मचारीहरूलाई धमाधम हटाउने काम भएको हो । 

शुक्रबार राति नै इमेल मार्फत सयौँ कर्मचारीलाई निकालिएको थियो । एफएएले पहिलादेखि नै कर्मचारीको अभाव भोगिरहेको बेला सरकारले कर्मचारी निकाल्ने काम गरेको हो । एफएएले वासिङ्टन डीसीमा विमान र सेनाको हेलिकप्टर जुधेको मामिलामा छानबिन गरिरहेको छ ।

यहीबीचमा राडार, अवतरण र नेभिगेसन सहायता र मर्मतसम्भारमा संलग्न कर्मचारीहरू बर्खास्त भइरहेका छन् । तर, महत्त्वपूर्ण सुरक्षा कार्यहरू गर्ने कर्मचारीहरूलाई भने निकालिएको छैन । आफूहरूले कर्मचारी कटौतीको प्रभावको विश्लेषण गरिरहेको राष्ट्रिय हवाई ट्राफिक नियन्त्रक संघले सोमबार एक विज्ञप्तिमा जनाएको छ । 

समाचार अनुसार वर्गीकृत प्रारम्भिक चेतावनी राडार प्रणालीमा काम गर्ने कर्मचारीहरूलाई पनि बर्खास्त गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप