शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

बिहान खाली पेट दौडिने कि खाएर ?

मङ्गलबार, ०६ फागुन २०८१, १४ : ४५
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ । हिँड्नु शरीरका लागि निकै फाइदाजनक छ । कयौँ अनुसन्धानहरूले यो कुरा प्रमाणित गरिसकेका छन् । 

हिँड्दा पूरै शरीरमा ‘मूभमेन्ट’ आउँछ । यो सामान्य गतिविधिले पनि शरीरका हरेक हिस्सालाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरी बर्न गर्छ । जसका कारण मेटाबोलिज्म बढ्छ । मेटाबोलिज्म बढ्दा सम्पूर्ण शरीरले राम्रोसँग ऊर्जा प्राप्त गर्छ । 

नियमित रूपमा हिँड्न सकियो भने मांसपेशीहरू सुगठीत हुन्छन् र तौल पनि घट्छ । हिँड्दा तनाव कम हुन्छ र मुड पनि राम्रो रहन्छ । यसले हामीलाई मुटु र कलेजो सम्बन्धी रोगबाट पनि बचाउँछ । यसरी हेर्दा छिटो–छिटो हिँड्नुका धेरै फाइदाहरू छन् । तर प्रायः मानिसहरूमा बिहान खाली पेटमा हिँड्दा धेरै क्यालोरी बर्न हुन्छ कि केही खाएर हिँड्दा भन्नेमा द्विविधा छ । 

यस्ता छन् खाली पेटमा टहल्नुका फाइदा: 

तौल घटाउन चाहनेका लागि खाली पेटमा हिँड्नु निकै फाइदाजनक साबित हुन सक्छ । यो एक प्रकारको उपवास कार्डियो हो । कुनै व्यक्ति स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ । खाली पेटमा हिँड्छ, हाम्रो पेटमा केही पनि हुन्न । यस्तो अवस्थामा शरीरमा पहिले नै सञ्चित भएर बसेको ऊर्जा मात्र खर्च हुन्छ । यसको अर्थ शरीरले बोसोबाट ऊर्जा लिन थाल्छ । त्यसैले, खाली पेटमा हिँड्दा स्वाभाविक रूपमा तौल घट्छ ।

बिहान शरीरले कम ग्लुकोज जम्मा गर्छ । जब हामी हिड्छौं तब शरीरका मांसपेशीहरू खुम्चिन्छन् । संकुचनका लागि ऊर्जा आवश्यक पर्दछ । मांसपेशीहरूले यो ऊर्जा रगतमा रहेको चिनीबाट प्राप्त गर्छन् । जब रगतमा चिनी सकिन थाल्छ, कलेजोले ग्लाइकोजेन तोड्न थाल्छ । यो ग्लुकोजमा परिणत हुन्छ र मांसपेशीहरूको लागि उपयोगी हुन्छ । यसरी, जब शरीरमा अतिरिक्त क्यालोरी खर्च हुन्छ, पहिले नै सञ्चित बोसो टुक्रिन थाल्छ । तर, मधुमेह, उच्च रक्तचाप आदि जस्ता स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिहरूले खाली पेटमा हिँड्नु हुँदैन ।

यस्ता छन् खाएर हिँड्नुका फाइदा:

बिहान केही खाएर हिँड्दा फाइदा नै हुन्छ । यसरी हिँड्न थालेपछि यसले शरीरको सहनशीलता बढाउँछ । कार्यसम्पादनमा सुधार आउँछ । यसमा पनि शरीरले सञ्चित ऊर्जा नै खर्च गर्छ । यसले रगतमा चिनीको मात्रा बढाउँदैन । त्यसैले, मधुमेहका बिरामीहरूले खाना खाएपछि हिँड्नु बढी फाइदाजनक हुन्छ । साथै, उच्च रक्तचाप भएकाहरूले खाना खाएपछि हिँड्दा पनि बढी फाइदा पाउनेछन् । बिहान केही खाइसकेपछि हिँडियो भने पाचन पनि स्वस्थ रहन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप