गुडिरहेको रेलमा बम राखेको हल्ला फैलिएपछि....

नयाँ दिल्ली । भारतमा पछिल्लो समय विमानदेखि विद्यालयसम्म कयौँ स्थानमा बम राखेको धम्की आइरहेको छ । यसैबिच मंगलबार उत्तरप्रदेशको बलियाबाट लोकमान्य तिलक जाँदै गरेको कामायनी एक्सप्रेसमा बम भएको सूचना आयो । गुडिरहेको रेलमा बम भएको सूचना पाएपछि हंगामा मच्चिएको छ। रेललाई सागर जिल्लाको बिना स्टेसनमा रोकेर छानबिन थालिएको समाचारमा उल्लेख छ ।
जानकारी अनुसार, मंगलबार दिउँसो बिना स्टेसनमा रेल रोक्दा यात्रीहरू त्रासमा थिए । आरपीएफ र जीआरपीसँगै प्रहरी पनि घटनास्थलमा पुगेपछि निरीक्षण भइरहेको बताइएको छ । केही कोचहरूबाट यात्रुहरूलाई बाहिर निकालेर जाँच गरिएको छ भने बम डिस्पोजल स्क्वाड पठाइएको थियो । सावधानीका लागि सागर रेलवे स्टेसनमा पनि अलर्ट घोषणा गरिएको छ । अनुसन्धान टोलीले रेललाई चारैतिर ब्यारिकेडिङ गरेर खाली गरिरहेको बताइएको छ ।
कसैलाई पनि स्टेसनमा आउन दिइएको छैन । पछिल्लो जानकारी अनुसार, रेलको राम्ररी निरीक्षण भइरहेको छ । अनुसन्धान पछि मात्र रेललाई अगाडि बढाइने बताइएको छ । बमबारे रेलवे अधिकारीहरूले केही भनेका छैनन् । स्रोतका अनुसार भोपालबाट रेल जाँच गर्ने निर्देशन प्राप्त भएको थियो ।
२०२४ को मार्च २६ मा पनि कामायनी एक्सप्रेसमा बम राखिएको खबर आएको थियो । त्यसपछि उत्तर प्रदेशको जंगीहा स्टेसनमा हतारमा रेल रोकियो । तीन घण्टासम्म रेल निरीक्षण गरेपछि सो झुटो हल्ला फैलिएको पुष्टि भएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा