नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिन्छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्न सके नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल प्राकृतिक श्रोत, साधनले भरिपूर्ण देश भएको तर चिन्न नसकेको बताए । नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधीय वनस्पति र अन्य जैविक श्रोतहरूको व्यावसायिक र वैज्ञानिक सदुपयोग गर्न सके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठुलो योगदान पुर्याउने उनको भनाई थियो ।
उनले भने, ‘यहाँ पाइने विभिन्न वनस्पति, जडीबुटी, कृषिबाली तथा जैविक स्रोतहरूले हाम्रो कृषि प्रणाली, औषधि उत्पादन, पोषण सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने गरेको कुरा हामी सबैलाई थाहा छ । तर यी जैविक श्रोतहरूको संरक्षण, अनुसन्धान, उत्पादनमुखी व्यवस्थापन तथा व्यवसायीकरण अझै प्रभावकारी हुन सकेको छैन । राज्यले यसको व्यवस्थापन जुन ढंगबाट गर्नुपर्ने थियो, त्यसमा राम्रोसँग ध्यान नपुगेको मलाई लाग्दछ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्न सके हाम्रो कृषिमा आमूल परिवर्तन ल्याउन सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखरापुर हत्या प्रकरण : आरोपी र मृतक ३ महिनादेखि सँगै बस्थे, मदिराले मातेर हत्या
-
छतमा सोलार राख्न ग्लोबल आइएमई बैंकले कर्जा दिने
-
बेगनासतालमा सशस्त्र प्रहरीले गर्यो कृत्रिम डुङ्गा दुर्घटना अभ्यास
-
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी
-
कुमारी केटी देखाएर ११ लाखमा केटालाई लोभ्याए, तीन बच्चाकी आमासँग विवाह गराइदिए
-
दाउन्नेमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध