आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

ऐन र कानुन समयमै बन्न नसक्दा नागरिकमा नैराश्य उत्पन्न भयो : श्रेष्ठ

मङ्गलबार, ०६ फागुन २०८१, १४ : ३१
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन र कानुन समयमै बन्न नसक्दा नागरिकमा नैराश्य उत्पन्न भएको बताएका छन् ।  

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले कानुन निर्माणको महत्त्वपूर्ण जिम्मेवार र दायित्व वहन गर्नुपर्ने संघीय संसद्ले नै कानुन निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपरेको बताएका हुन् । उनले संसद् र संसदीय समिति आवश्यक कानुन निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु डरलाग्दो अनिष्ठको संकेत भएको टिप्पणी गरे । 

उनले भने, ‘राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनअनुसार बाध्यता आइपर्नु र आवश्यक कानुन निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु भनेको यो निश्चय पनि डरलाग्दो अनिष्ठको संकेत हो । यसलाई समयमै निराकरण नगर्ने हो भने संघीयता नै धरापमा पर्न जाने निश्चित छ । स्मरण रहोस् समयले अहिलेसम्म कसैलाई पर्खिएको छैन र पर्खिने पनि छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप