शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय
संसद् बैठक

सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना श्रेष्ठ

मङ्गलबार, ०६ फागुन २०८१, १४ : ०१
मङ्गलबार, ०६ फागुन २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्न बोलाउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुनमा श्रेष्ठ बोलिनन् । 

पहिलो पटक बोलाउँदा सांसद श्रेष्ठ नबोलेपछि सभामुख घिमिरेले दोस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि तेस्रो पटक बोलाए । त्यसमा पनि नबोलाएपछि अर्का सांसद सुहाङ नेम्बाङलाई बोल्न समय दिए ।

यसअघि सोमबार सुमनाले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्रकृति लम्सालको मृत्युबारे कुरा उठाउन खोजे पनि सभामुख घिमिरेले समय दिएका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप