सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । सिरहामा १७ वर्षीया किशोरीको मृत्युसम्बन्धी घटनामा छानबिन समिति गठन भएको छ । मधेस प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै एसएसपी शान्ति राज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको जानकारी गराएको हो । उक्त समितिले आजै घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।
नवराजपुर गाउँपालिका वडा नम्बर–१ बस्ने १७ वर्षीया रिंकुकुमारी सदा माघ ३० मा मृत फेला परेकी थिइन् ।
घरमा झुन्डिएको अवस्थामा रिंकुकुमारी सदा मृत भेटिएकी हुन् । उनका आफन्त र परिवारले बलात्कृत भएपछि किशोरीले आत्महत्या गरेको दाबी गरेका छन् । आफन्तहरूले बलात्कारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
किशोरीका काकाले फागुन १ मा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान गर्न जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले रातोपाटीलाई बताए । उनले भने, ‘बलात्कार भएको विषयमा पनि अनुसन्धान हुन्छ, बलात्कार यकिन गर्न चिकित्सकको रिपोर्ट पर्खिरहेका छौँ ।’
आत्महत्या दुरुत्साहन गरेको कसुरमा चिंकु भन्ने रुपेश मण्डललाई प्रतिवादी बनाएर मृतकका काकाले जाहेरी दिएका छन् । १९ वर्षीय मण्डल फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
सांसद विकास कोष ब्युँत्याउन फेरि लागिपरे सांसद, सरकारलाई दिन थाले दबाब